Sagun Khabar
बैतडीको पुर्चौडी नगरपालिकाले पायो ‘हाकिम’, भट्ट हाजिर भए 

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाले तीन महिनापछि हाकिम पाएको छ ।  तीन महिना देखि हाकिम विहिन रहेको पुर्चौैडीले बुधबारबाट हाकिम पाएको हो । पुर्चौडी नगरपालिकामा अहिले  भानुभक्त भट्ट प्रमुख प्रशाकसीय अधिकृतको रुपमा हाजिर भएका छन् ।

 भट्टलाई संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख  ८ गते पुर्चाैडी सरुवा गरेको थियो । यसअघि रक्षा मन्त्रालयमा कार्यरत भट्ट आज कार्यालयमा हाजिर भएका नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमले जानकारी दिए । लामो समय देखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएकोमा  अब कामकाज गर्न  सजिलो भएको  उनले  बताए ।

प्रमुख प्रशासकीय अधिकृत हाजिर  भएसंगै रोकिएका आर्थिक कारोबार लगायतका अन्य कामकारबाही  सुरु भएका  नगरप्रमुख बमले  बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षाभत्ता, कर्मचारीको तलब लगायतका सबै भुक्तानीहरु रोकिएकोमा अब सहज हुने नगरपालिकाले  जनाएको  छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update