बैतडीः पाटन ९ को कार्यालयमा आज्ञात समूहद्वारा तोडफोडको प्रयास
बैतडी- बैतडीको पाटन नगरपालिका वडा नं ९ को कार्यालयमा आज्ञात समूहद्वारा तोडफोडको प्रयास भएको छ । मंगलबार राती आज्ञात समूहले वडा कार्यालयमा तोड फोडको प्रयास गरेको देखिएको वडा सचिव राम दत्त जोशीले जानकारी दिए ।
उनका अनुसार वडा अध्यक्षको कार्यकक्षमा लगाएको ताला फुटाउने प्रयास गरिएको छ भने वडा कार्यालयमा नेपाली झण्डा राख्नका लागि गाडीएको पाइप तोडफोड गरिएको छ ।
वडा कार्यालयमा तोडफोडको प्रयास कस्ले र किन गर्याे यो पत्ता लागेको छैन् । घटनाबारे अनुसन्धान भैरहेको खोड्पे प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० १६:०४
प्रतिक्रिया दिनुहोस्





