Sagun Khabar
भीरबाट लडेर गम्भीर घाइते भएका बैतडीका थलालको मृत्यु 

बैतडी–बैतडीमा भीरबाट लडेर गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँका ३२ बर्षीय हर्कसिंह थलालको उपचारका क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

गएको चैत १७ गते घर जाने क्रममा थलालगाउँको भीरबाट लडेका थलाल गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा बुधबार राति थलालको निधन भएको बताइएको छ । 

३२ बर्षीय युवकको मृत्यु भएपछि अहिले थलाल गाउँ शोकमा डुबेको छ । मृतक थलालका तीन बर्षीय छोरा र श्रीमति घरमा रहेका छन् । एक महिनाभन्दा बढी समय उपचारमा रहेका थलालको मृत्यु भएपछि उनीसंगैका साथीहरु शोकमा डुबेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update