Sagun Khabar
बैतडीमा महिलालाई सिन्के धुप बनाउने  तालिम 

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकामा महिलाहरुलाई सिन्के धुप सम्बन्धित तालिम दिइएको छ । उद्यम विकास   विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नं ७ का १९ जना महिलाहरुलाई  सिन्के धुप बनाउने ७ दिने तालिम दिइएको हो । 

उद्योग वणिज्य तथा आपुर्ति मान्त्रालयको शर्सत अनुदानबाट पालिकाको सहजिकरणमा महिलाहरुलाई सिप विकास तालिम दिइएको डिलाशैनी गाउँपालिकाका उद्यम विकास सहज कर्ता नरेश सिंह भण्डारीले बताए ।महिलाहरुलाई सिप सिकाएर आत्म निर्भर बनाउने उदेश्यले तालिमा प्रदान गरिएको उनले बताए । तालिममा महिलाहरुलाई धुप बनाउने विधि र तरिका सिकाइएको प्रशिक्षक बिमला धामीले बताइन् ।

स्थानीय ठाउँहरुमै पाइने कच्चापदार्थहरुबाट सिन्के धुम कसरि बनाउने र यसमा के के आवश्यक पर्छ लगायतबारे तालिममा सहभागिहरुलाई अवगत गराइएको उनले बताइन । तालिम पाउँदा महिलाहरु पनि खुसि भएका छन् ।आफुहरुले धुम सम्बन्धित तालिम पाउँदा खुसि लागेको तालिममा सहभागि महिला मानमती जोशीले  बताइन् ।

धुप  सम्बन्धित तालिम सिकेका र अगामि दिनमा  उद्योग सञ्चालन गरेर उत्पादनमा जोड दिइने महिलाहरुको भनाई छ । अहिले तालिम दिएका महिलाहरुलाई  फेरि एक चोटि तालिम प्रदा नगरिने र उनिहरुको दक्षता अनुसार सिप परीक्षण गरेर गाउँपालिकाबाट उद्योग सञ्चालनमा सहजिकरण गरिने  गाउँपालिकाले जनाएको  छ ।  यस्तै  वडा नं ५ मा हातेहोजियारी र  सिलाईकाटाई सम्बन्धि तालिम दिइने  बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update