बैतडीमा करेन्ट लागेर एक गोरु मर्यो
बैतडी –बैतडीमा करेन्ट लागेर एक गोरु मरेको छ । चराउनका लागि वनमा ल्याएका बेला विद्युतको पोलबाट प्रवाह भएको करेन्ट लागेर गोरु मरेको गोरु धनी ध्वजबहादुर ऐरीले बताए ।
जिल्लाको पाटन नगरपालिका ४ अयाँरासैना भन्ने स्थानमा चराउनका लागि ल्याएको गोरु पोलबाट प्रवाह भएको करेन्ट लागेर मरेको ऐरीले बताए । गोरु मरेको स्थानमा पोलबाट करेन्ट प्रवाह भए÷नभएको एकीन गर्न प्राविधिक पठाएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बताए ।
पोलबाट करेन्ट लागेर गोरु मरेपछि विद्युतीय दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयबासी त्रसित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १२:१९
प्रतिक्रिया दिनुहोस्





