Sagun Khabar
ट्रेड युनियन कांग्रेस बैतडीको अध्यक्षमा पुनः बिष्ट चयन 

बैतडी –ट्रेड युनियन कांग्रेस बैतडीको अध्यक्षमा पुनः वसन्तप्रकाश बिष्ट चयन भएका छन् । पाटनमा सम्पन्न भएको सातौं जिल्ला अधिवेशनले बिष्टको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा खुल्ला पुरुषतर्फ चन्द्रसिंह थापा, सेवा समूहबाट पठानसिंह महरा, महिलाबाट राजु भट्ट र उत्पादन समूहबाट दिलखुस माल चयन भएका छन् । यस्तै समितिको सचिवमा दिपेन्द्र भट्ट, सहसचिवमा कृष्णसिंह धामी र विरेन्द्रप्रसाद भट्ट, कोषाध्यक्षमा राजेन्द्र बिष्ट र सहकोषाध्यक्षमा बिमला महर चयन भएका छन् । यस्तै अन्य सदस्यहरु चयन भएका नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीले बताए । 

यस्तै केन्द्रीय प्रतिनिधिमा माधवप्रसाद लेखक चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा गणेशसिंह भण्डारी, राजेन्द्र साउँद, डम्मरदत्त पाण्डेय, मनोज भट्ट, धिरबहादुर मडै र जानकी चन्द चयन भएका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update