बैतडी– बैतडीको पाटन नगरपालिकामा हाकिम नहुँदा कामकाज ठप्प भएका छन् । हाकिम अभावमा नगरपालिकाका आर्थिक कारोबार ठप्प भएका हुन् । आर्थिक वर्षको अन्तिमतिर पालिका हाकिम विहिन हुँदा समस्या भएको नगर उपप्रमुख कमल बोहरा (अपि)ले बताए ।
पाटन नगरपालिकामा कार्यरत निर्वतमान प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश पाण्डे गत चैत्र ३० गते सरुवा भएका थिए । प्रमुख प्रशासकीय अधिकृत पाण्डेयको पाटनबाट एक महिना नपुग्दै सरुवा भएदेखि पाटन हाकिम विहिन छ । हाकिम अभावमा आर्थिक कामकाज ठप्प भएपछि पाटन नगरपालिकाका नगरप्रमुख हाकिमको खोजिमा काडमाण्डौँ गएका छन् । उनि केहि दिन पहिले हाकिमको खोजिमा काठमाण्डौ गएका बताइएको छ ।
संघीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले अहिले सम्म कार्यकारी नपठाएको र स्थानीयलाई समेत जिम्मेवारी प्रदान नगरेको उपप्रमुख बोहराले बताए ।‘न माथि बाट उपसचिव आएका छन् न कसैलाई जिम्मेवारी प्रदान गरिएको छ,काम गर्न समस्या छ, हाकिम नहुँदा प्रशासनिक र आर्थिकक कारोबार सबै रोकिएका छन्,’ उनले भने । अन्य पालिका जस्तै पाटनमा पनि सिनीयर कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गर्न निर्णय गरेर मन्त्रालयमा पत्र पनि पठाइएको छ ।
तर अहिले सम्म जिम्मेवारी प्रदान गरिएको छैन् । नगरप्रमुख रावल गइसकेपछि कार्यपालिका बैठकबाट यसअघि निमित्त बसेका अधिकृत छैटौँ राजेन्द्र भट्टलाई जिम्मेवारी दिन माग गर्दै पत्र पठाएपनि मन्त्रालयले दिन नमानेको बताइएको छ । आफु तीन हप्ता देखि हाकिमका लागि मन्त्रालय धाइरहेको मेयर रावलले बताए । ‘काठमाण्डौ आएको मलाई तीन हप्ता हुन लाग्यो, मन्त्रालय धाइरहेको छु, हाकिम पाउँदैन् ।
मन्त्रालयमा उपसचिव छैनन् निमित्तलाई जिम्मेवारी दिदैन, समस्या छ,’। यता नगरपालिकामा हाकिम अभावले कर्मचारीले तलब पाएका छैनन् भने योजानहरुको भुक्तानी रोकिएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा अहिले आर्थिक कारोवारका साथै अन्य कामकारबाही रोकिएका हुन् ।





