Sagun Khabar
बैतडीका जोशीले गरे मानवसेवा आश्रमलाई सहयोग

बैतडी- बैतडीका शान्ति प्रसाद जोशीले मानव सेवा आश्रममा सहयोग गरेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिमका जोशीले जन्मदिनको अवसरमा धनगढीमा रहेको मानवसेवा आश्रमालाई सहयोग गरेका हुन् ।

उनले जन्म दिनको अवसरमा आश्रममा आश्रीतहरुलाई बिहानको नास्ता दिई सहयोग गरेका बताए ।  जन्मदिनमा केक काटेर विकृत संशकार बसाउनु भन्दा सहयोग गर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्न आफुले जन्मदिनमा सहयोग गरेको जोशीको  भनाई  छ । जोशीले जन्मदिनको अवसरमा आश्रममा रहेकालाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update