बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ मेलडुङराका ३७ बर्षीय बल्देव भट्टको उपचारका लागि सहयोग रकम जुट्दै गएको छ ।
घरको छतबाट लडेर गम्भीर घाइते भएका भट्टको उपचारमा आर्थिक समस्या भएपछि सहयोग अभियान सञ्चालनमा रहेको छ । हाल कैलालीको घोडाघोडी नगरपालिका ४ सुख्खड बस्दै आएका भट्ट लडेर गम्भीर घाइते भएपछि उनको धनगढीस्थित कैलाली अस्पतालमा उपचार भइरहेको छ ।
टाउकोमा गम्भीर चोट लागेका भट्टको उपचारमा सहयोग पुर्याउनका लागि बैतडीको सुर्नया गाउँपालिका ४ जोगेनीका धर्मसिंह महराले ११ हजार सहयोग गरेका छन् । भूतपूर्व नेपाली सेना समेत रहेका महरा अहिले कामको सिलसिलामा कतारमा रहेका छन् । भट्टको उपचारमा सहयोग पुर्याउन महराले कतारबाटै सहयोग रकम पठाएको उनका भाइ रामबहादुर महराले बताए ।
समस्यामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यसहित विदेशबाटै भएपनि सहयोग गरेको महराले बताए ।
यही वैशाख १४ गतेका दिन लडेका भट्टको धनगढीस्थित कैलाली अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोको अप्रेशन गरेको भएपनि होसमा भने आएका छैनन् । लडेर गम्भीर घाइते भएका भट्टको उपचारमा आर्थिक समस्या भएकाले सहयोगका लागि आग्रह गरिएको उनकी श्रीमति पार्वती अवस्थी भट्टले बताइन् ।
अहिले विभिन्न ठाउँबाट सहयोग रकम प्राप्त भइरहेको बताउँदै पार्वतीले सहयोगी महानुभावहरुलाई धन्यवाद समेत दिएकी छन् ।
सहयोगी महानुभावहरुले तलको खातामा रकम जमा गर्न सक्नुहुनेछ
Bank - NMB Bank ltd.
Name - KUMARI PARBATI AWASTHI
A/C NO . 1870165005700017
BRANCH - SUKKHAD Kailali





