Sagun Khabar
सुआहारा कार्यक्रमको सिकाइ आदान–प्रदान कार्यशाला सम्पन्न 

बैतडी –सुआहारा कार्यक्रम दोश्रो चरणको सिकाइ आदान–प्रदान कार्यक्रम आज बैतडीको गोठलापानीमा सम्पन्न भएको छ । सन् २०१६ देखि सञ्चालनमा रहेको सुआहारा कार्यक्रम दोश्रो चरणले सञ्चालन गरेका क्रियाकलाप र प्राप्त उपलब्धिका बिषयमा जानकारी दिनका लागि कार्यशालाको आयोजना गरिएको सुआहाराका बरिष्ठ कार्यक्रम विज्ञ नगेन्द्रसिंह धामीले जानकारी दिए । 

जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको अध्यक्षतामा सम्पन्न भएको कार्यशालामा निर्वतमान प्रदेशसभा सदस्य लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यशालामा १० ओटै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । 

कार्यशालामा सुआहारा कार्यक्रमले हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि गरेको प्रयास र उपलब्धिका बारेमा जानकारी गराइएको थियो । स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत तीर्थराज भट्टले जिल्लाका १० ओटै स्थानीय तहमा बालबालिकाको पोषण अवस्थाका बारेमा जानकारी गराएका थिए । 

यस्तै सुआहाराका कार्यक्रम विज्ञ नगेन्द्रसिहं धामीले सुआहारा कार्यक्रम दोश्रो चरण अन्तर्गत सम्पन्न गरिएका क्रियाकलाप र प्राप्त उपलब्धिका बारेमा जानकारी गराएका थिए । 

कार्यशालका सहभागीहरुले सुआहारा कार्यक्रमले हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरेका छन् । 

कार्यशालामा बोल्दै निवर्तमान प्रदेश सभा सदस्य लिलाधर भट्टले हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि सुआहारा कार्यक्रमले ठूलो योगदान गरेको बताए । दिगो विकासका लक्ष्य प्राप्तिमा यो कार्यक्रमको महत्पूर्ण भूमिका रहेको उल्लेख गरे । 

यस्तै जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले सुआहारा कार्यक्रमले व्यवहार परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताए । यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । 

बैतडीमा स्वदेश संस्थाले सुआहाराको साझेदार संस्थाको क्रियाकलाप सञ्चालन गरिरहेको कार्यक्रम संयोजक राधिका भट्टले बताइन् । सुआहारा कार्यक्रमकै सहयोगमा हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणका बिषयमा छलफल गर्नका लागि रेडियो कार्यक्रम भन्छिन् आमा समेत उत्पादन र प्रशारण गरिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update