बैतडीका भूपु जिविस सदस्य जयराज जोशीको निधन
बैतडी – बैतडीका भूतपूर्व जिविस सदस्य जयराज जोशीको निधन भएको छ । जिल्लाको मेलौली नगरपालिका –५ खलिगाड घर भई हाल कञ्चनपुरको महेन्द्रनगर बस्दै आएका जोशीको आज निधन भएको हो ।
लामो समयसम्म समाजसेवामा सक्रिय रहेका जोशीको आइतबार ८२ बर्षको उमेरमा निधन भएको उनका भाइ हरिशप्रसाद जोशीले बताए । जोशीले लामो समयसम्म विभिन्न विद्यालयहरुमा शिक्षण समेत गरेका स्थानीय समेत रहेका एमाले नेता बलभद्र दयालले बताए ।
जोशीको आजै जन्मदिन समेत रहेको बताइएको छ । जोशी २०५४ सालमा जिविस सदस्य निर्वाचित भएका थिए । मृतक जोशीको भोली बिहान ७ बजे दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । जोशीको निवास निम्बुखेडाबाट शवयात्रा निकालेर भुजेलाघाटमा अन्त्येष्टी गरिने उनका भाइ हरिश जोशीले बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० १५:१३
प्रतिक्रिया दिनुहोस्





