Sagun Khabar
बैतडीका कानुन व्यवसायी रावलको हृदयघातबाट निधन

बैतडी –बैतडीमा लामो समयदेखि कानुनी सेवा दिँदै आएका देवसिंह रावलको निधन भएको छ । रावलको आज हृदयघातबाट निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

घरबाट आफ्नो कार्यालय आउँदै गर्दा रावलको निधन भएको हो । लामो समयसम्म सरकारी वकिलको रुपमा काम गरेका रावल पछिल्लो समयमा कानुनी पेशामा संलग्न रहँदै आएका अधिवक्ता हरिदत्त भट्टले बताए । 

नेपाल बार एसोसियसन र कानुनी सहायता समितिका सदस्य समेत रहेका रावल नोटरी पब्लिकको काम समेत गर्दै आएका थिए । रावलको निधनले कानुनी क्षेत्रमा क्षति पुगेको अधिवक्ता भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update