Sagun Khabar
बैतडीमा गिट्टीको थुप्रोमा भेटिएको टाउको कसको होला ?

बैतडी –बैतडीमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा भेटिएको मानिसको टाउको कसको भन्ने कुरा अझै खुलेको छैन् । पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीको थुप्रोमा मानिसको टाउको फेला परेको थियो । गत सोमबार गिट्टीको थुप्रोमा मानिसको टाउको फेला परेको भएपनि अझै सम्म कसको भन्ने कुरा नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

यही वैशाख १७ गते ल्याएको गिट्टीमा वैशाख १८ गते मानिसकाे टाउको भेटिएको थियो । गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा भेटिएको थियो । सो टाउकोलाई गत सोमबार नै परीक्षणका लागि जिल्ला अस्पातल पुर्याएको थियो । तर अहिले सम्म रिपोट आउन बाँकी रहेको प्रहरी निरीक्षक जोशीले बताए । 

सुर्नया गाउँपालिकाको बाचपानीबाट टिप्परमा गिट्टी ल्याइएको र सोही गिट्टीको थुप्रोमा मान्छेको टाउको भेटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए । बाचपानी क्षेत्रबाट गिट्टी ल्याएकाले सो क्षेत्रमा पनि प्रहरीले सोधपुछ गरिरहेको उनले बताए ।

जिल्ला अस्पतालबाट रिपोट आएपछि डिएनए परीक्षणका लागि पनि पठाइने प्रहरी निरीक्षक जोशीको भनाई छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update