Sagun Khabar
बैतडीमा कृषि अनुदानका लागि वाइन सेन्टर कसरी छनौट भयो ?

बैतडी–बैतडीमा कृषि अनुदानका लागि एक वाइन सेन्टर छनौट भएपछि अहिले सामाजिक सञ्जाल तातेको छ । कृषि अनुदानका लागि कृषि ज्ञान केन्द्रले लाभग्राही छनौट गरेको सूचीमा नारायण वाइन सेन्टरको नाम पनि देखिएपछि सामाजिक सञ्जाल तातेको हो । 

मकैबाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत अनुदानको कार्यक्रममा वाइन सेन्टरको नाम छनौट भएपछि अहिले चारैतिर चर्चा भएको छ । 

तर सामाजिक सञ्जालमा आएजस्तो वाइन सेन्टरलाई अनुदानका लागि छनौट भने नगरेको कृषि ज्ञान केन्द्र बैतडीले प्रष्ट पारेको छ । नारायण बिष्ट सञ्चालक रहेको न्यू नारायाण वाइन सेन्टरको पान नम्बर र राजमति कृषि तथा पशुपन्छि फर्मको पान नम्बर एउटै हुँदा वाइन सेन्टरको नाम इन्ट्री भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत नरेन्द्र चन्दले बताए । 

दोश्रो पान नम्बर लिन नमिल्ने भएकाले वाइन सेन्टरकै पान नम्बरमा थप कारोबार गर्ने गरी अद्यावधिक गरिएको न्यू नारायण वाइन सेन्टरका सञ्चालक नारायण बिष्टले बताए । 

कृषि ज्ञान केन्द्रबाट सूचीमा नाम समावेश गर्दा मूल संस्थाकै नाम दर्ता गर्दा समस्या भएको हो । पान नम्बर सामावेश गर्दा न्यू नारयाण वाइन सेन्टर आउने भएकाले त्यस्तो भएको कृषि प्रसार अधिकृत चन्दले बताए । त्यही फर्म मार्फत थप कारोबार गर्ने गरी कर कार्यालयबाट अनुमति लिइसकिएको छ । 

narayan 11683543131.jpg

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update