Sagun Khabar
बैतडीको शिवनाथले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभाग्राहीहरुका लागि सहज होस भनेर वडाका पायक पर्ने गाउँहरुमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए । 

सामाजिक सुरक्षा भत्ताका लागि बैंक धाउनुपर्दा समस्या भएकाले सम्बन्धित वडाबाटै भत्ता वितरणको काम भइरहेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

वडाका नागरिकको भावना अनुसार वडाका २–३ वटा टोलबाट भत्ता वितरण गर्ने काम भएको शिवनाथ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष बल्देवसिंह चाडले बताए । 

बैंकका प्रतिनिधिहरुसहित गाउँमै पुगेर भत्ता वितरणको काम भइरहेको उनले बताए । गाउँपालिकाका सबै वडामा पुगेरै सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update