Sagun Khabar
बैतडीका बल्देव भट्टको उपचारका  लागि सुर्नयाका कर्मचारीहरुले गरे आर्थिक सहयोग   

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाका कर्मचारीले लडेर गम्भीर घाइते भएका भट्टको  उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।  वडा नं ४ मेलडुङराका ३७ बर्षीय बल्देव भट्टको उपचारका लागि कर्मचारीहरुले ४७ हजार  बढी रकम सहयोग गरेका हुन् ।

 घरको छतबाट लडेर गम्भीर घाइते भएका भट्टको उपचारमा आर्थिक समस्या भएपछि सहयोग अभियान सञ्चालन गरेर  ४७ हजार  ३ सय १८ रुपैँया  सहयोग गरिएको कर्मचारी प्रकाश महराले  जानकारी दिए । संकलित रकम घाइते भट्टकी श्रीमतिको खातामा  जम्मा गरिएको उनले  बताए ।

हाल कैलालीको घोडाघोडी नगरपालिका ४ सुख्खड बस्दै आएका भट्ट लडेर गम्भीर घाइते भएपछि उनको धनगढीस्थित कैलाली अस्पतालमा उपचार भइरहेको छ । समस्यामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यसहित  कर्मचारीहरुले सहयोग गरेको महराले बताए । यही वैशाख १४ गतेका दिन लडेका भट्टको धनगढीस्थित कैलाली अस्पतालमा उपचार भइरहेको छ ।

उनको टाउकोको अप्रेशन गरेको भएपनि होसमा भने आएका छैनन् । लडेर गम्भीर घाइते भएका भट्टको उपचारमा आर्थिक समस्या भएकाले सहयोगका लागि आग्रह गरिएको उनकी श्रीमति पार्वती अवस्थी भट्टले बताइन् । अहिले विभिन्न ठाउँबाट सहयोग रकम प्राप्त भइरहेको छ ।  

May be an image of blueprint, ticket stub and text

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update