Sagun Khabar
कक्षा १२ को परीक्षामा बैतडीका ३ हजार ९९५ जना विद्यार्थी सहभागी

बैतडीका- कक्षा १२ को परीक्षामा बैतडीका झण्डै ४ हजार  जना विद्यार्थी  सहभागी भएका छन् ।  आजदेखि सुरु भएका वार्षिक परीक्षामा जिल्लाका ३ हजार ९ सय ९५ जना  विद्यार्थी सहभागी भएका हुन्  ।

बैतडीमा १७ ओटा परीक्षा केन्द्र निर्धारण गरिएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका  सूचना अधिकारी पुष्कर राज शर्माले जानकारी दिए । जिल्लामा नियमित तर्फ ३ हजार ४ सय २८ र  ग्रेड वृद्धि परीक्षामा ५ सय ६७  विद्यार्थी सहभागी भएका हुन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनेछन् ।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी (नन ग्रेड) आएको छ, त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । अर्थात् ती विद्यार्थीहरुले जति वटा विषयमा एनजी ल्याएका छन्, ती विषयमा मात्रै परीक्षा दिन पाउने बताइएको छ ।

सुदूरका ७ पहाड िजिल्लामा कक्षा १२ को परीक्षामा  १८ हजार ३ सय ८६ परीक्षार्थी  सहभागी रहेका   राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय  डडेल्धुराका प्रमुख नरायण दत्त भट्टले  बताए । ७ ओटै पहाडी जिल्लामा ८२ ओटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएका उनले  बताए ।  

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update