Sagun Khabar
बैतडीमा भतिजीमाथि बलात्कार गर्ने काका कारागार चलान 

बैतडी- बैतडीमा भतिजीमाथि बलात्कार गरेको आरोपमा प्रकाउ परेका काकालाई कारागार चलान गरिएको छ । आफनै भतिजी नाता पर्ने १५ बर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिगास गाउँपालिकाका २२ बर्षीय युवकलाई पूर्पक्षका लागि कारागार चलान गरिएको  हो ।

जिल्ला अदालतको  आदेशमा चैत्र २१ गते बिहीवार  ती युवकलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए । गएको पुस १५ मा घटना भएको  थियो । पुस महिनामा घटना भएपनि पीडितको  निवेदन पछि उनलाई चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो ।

पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update