Sagun Khabar
बैतडीको पुर्चाैडीमा नौलो अभ्यास,शिविर सञ्चालन गरेर भुक्तानी गरिँदै

बैतडी- बैतडीको पुर्चाैडी नगरपालिकाले भुक्तानी शिविर सञ्चालनगर्ने भएको  छ । बिहीवार देिख  वडातहबाटै योजनाको भुक्तानी गरिन लागिएकाे नगरपालिकाका नगर प्रमुख दिपक बहादुर  बमले जानकारी दिए ।  

नागरिकहरुको  सुविधाको  लागि कार्यपालिकाबाट निर्णय गरेर भुक्तानी शिविर सञ्चालन गर्ने  अवधारणा अघि सारिएको उनले बताए । भौगोलिक विकटताका कारण नागरिकहरुलाई  असहज भैरहेकाबेला आफुहरुले वडामै शिविर सञ्चालन गरेर भुक्तानी गर्ने  निर्णय गरेका नगरप्रमुख बमले बताए ।

बैशाख२८ गतेबाट भुक्तानी शिविरको आयोजना गरीने बताइएको छ ।  शिविरमा नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार सम्पन्न भइसकेका योजनको भुक्तानी गरिने  छ। पुर्चौडी भुक्तानी शिविर सञ्चालन गर्ने बैतडीकै  पहिलो  स्थानीयतह बनेको छ । यो  अभ्यास यस अघि अरु कुनै स्थानीयतहले  गरेका छैन्न ।  यसबाट नागरिकहरुलाई  सजह हुने अपेक्षा गरिएको छ ।

यही बैशाख २८ गते वडा नं ६ र ७का योजनाको भूक्तानी वडा नं ६ को कार्यालयबाट, बैशाख २९ गते वडा नं १, ७ र ८ का योजनाको भुक्तानी नगरपालिकाको कार्यालय हाटबाट गरिने  बताइएको छ । 

यस्तै बैशाख ३० गते वडा नं १०बैशाख ३१ गते वडा नं ३ मा भुक्तानी शिविर सञ्चालन हुने  छ । यस्तै जेठ १ गते वडा नं ४ मा जेठ २ गते वडा नं ५मा, जेठ ३ गते वडा नं ९ मा , जेठ ४ गते वडा नं २ मा शिविरको  आयोजना गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको  छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update