Sagun Khabar
बैतडीः युवा संघ सचिवबाट सदस्यमा राख्न खोजेपछि चन्दले दिइन् राजीनामा

बैतडी-राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय  सचिव बिष्णा  चन्दले राजीनामा दिएकी छन् । आफूमाथि अपमान भएको भन्दै उनले पदबाट राजीनामा दिएकी हुन् । नेपालगञ्जमा भएको अधिवेशनबाट महिलातर्फको  सचिव बनेकी  बैतडीकी चन्दले आफुलाई अहिले  आएर  सदस्यमा राख्न खोजेपछि राजीनामा दिएको बताइन् ।

आफूमाथि महिला भएकै कारण अपमान भएको उनको भनाई छ । कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।

आफूले २०६४ सालदेखि संघको विभिन्न जिम्मेवारी निभाउँदै यहाँसम्म आइपुगेको जनाउँदै सचिवबाट पदाधिकारी सरह भनेर सदस्यको व्यवहार गरिएपछि  राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेकी छन् । लामो समय देखि राष्ट्रिय युवा संघ नेपालमा रहेर कुशलतापूर्वक हरेक जिम्मेवारी निर्वाह गरेपनि आज आफुलाई अपमान गरिएको उनले बताइन् ।

उनले राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्षलाई  राजीनामा पत्र बुझाएकी  हुन् ।  

 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update