Sagun Khabar
बैतडीको गुजर स्वस्थ्यचौकी भवन जिर्ण हुँदा सेवा सम्पादनमा समस्या 

गोविन्द पन्त -बैतडी- बैतडीको पाटन नगरपालिका ३ मा रहेको गुजर स्वस्थ्यचौकीको  भवन जिर्ण हुँदा समस्या भएको  छ । भवन जिर्ण हुँदा सेवा सम्पदानमा समस्या भएको  हो । वर्षाे पहिले निर्माण गरिएको  पुरानो  भवन जिर्ण भएकाले समस्या भएको गुजर स्वास्थ्यचौकीका इन्चार्ज किरण बिष्ट जानकारी दिए ।

पञ्चायतकालमा बनेको चारकोठे स्वास्थ्यचौकी भवन जिर्ण भएपछि सेवा प्रवाह तथा उपकरण  व्यवस्थापनका लागि समस्या भएको उनले बताए । यसअघि वडा कार्यालय  रहेको उक्त भवन  जिर्ण हुँदै गएकाले   समस्या भएको हो ।  २४ सै घण्टा सुत्केरी सेवा र कार्यालय समयमा आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको गुजर स्वास्थ्य चौकीमा भवनको अभाव छ ।

स्वास्थ्य सञ्चालन तथा व्यवस्थापन समितिले स्वास्थ्य चौकीको आफ्नै स्वामित्वको जग्गामा भवन निर्माणको लागि पटक पटक पाटन नगरपालिकालाई माग गदै  आएको  छ । माग गदार्दा पनि नगरपालिकाले बेवास्ता गरेको स्वास्थ्य व्यवस्थापन समितिको आरोप छ । पुरानो भवन  जिर्ण हुँदै गएकाले कुन बेला भत्कीन्छ भन्ने  डर रहेको स्वास्थ्यकर्मीहरुले बताए । भूकम्पको  धक्काले  भवनका भित्ताहरुमा चिरा परेकाले  भत्कीने डर रहेको स्वास्थ्यचौकीका इन्चार्ज विष्टले  बताए ।

 स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रलाई  प्राथमिकतामा राख्नु पर्ने ठाउँमा  सम्बन्धित निकायले बेवास्ता गरेको त्यहाँका नागकिहरुको  आक्रोस छ ।  जिर्ण भवन भएकाले जुनसुकै बेला पनि सेवा प्रवाहमा समस्या आउन सक्ने भन्दै  स्वास्थ्यकर्मीहरु चिन्तामा छन् । पुरानो भवन जिर्ण भएकाले नयाँ भवनका लागि राज्यका निकायको ध्यान जानु पर्ने त्यहाँका स्थानीयहरुको  माग  छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update