Sagun Khabar
पुर्चौंडी नगरपालिकाले शारीरिक परीक्षण शिविर सञ्चालन गर्ने 

बैतडी –बैतडीको पुर्चाैडी नगरपालिकाले शारीरिक परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । अपांगता भएका व्यक्तिहरुलाई अपांगता परिचय पत्र वितरणका लागि शारीरिक परीक्षण शिविर सञ्चालन गर्न लागिएको नगर प्रमुख दिपकबहादुर बमले बताए । 

नगरपालिकाका १० ओटै वडामा रहेका स्वास्थ्य चौकीहरूमा उक्त शिविरको आयोजना गरिने नगरप्रमुख दीपक बमले बताए । 

बिहीबारदेखि वडाका स्वास्थ्यचौकीहरुमा शिविर सञ्चालनको तयारी गरेको हो । बिहीबार भूमीराज स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । 

२९ गते कोटिला स्वास्थ्यचौकी, ३० गते विजयपुर स्वास्थ्यचौकी, ३१ गते न्वादेउ स्वास्थ्यचौकी, जेठ १ गते भटना स्वास्थ्यचौकी र जेठ २ गते कुवाकोट स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए । 

यस्तै जेठ ३ गते तल्लादेही स्वास्थ्यचौकी, जेठ ४ गते महादेवस्थान स्वास्थ्यचौकी, जेठ ५ गते मल्लादेही स्वास्थ्यचौकी र जेठ ६ गते पुर्चौंडी हाट स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 

भौगोलिक कठीनाइका कारण अपांगता भएका व्यक्तिहरुले परिचय पत्र बनाउन छुटेकालाई उनीहरुलाई लक्षित गरेर शिविरको सञ्चालन गरिने नगर उपप्रमुख मीना धानुकले बताइन् । 

यस्तै नगरपालिकाले प्रत्येक वडामा भुक्तानी शिविर समेत सञ्चालनको तयारी गरेको छ । बिहीबारदेखि नै प्रत्येक वडाको पालो मिलाएर भुक्तानी शिविरको आयोजना गर्ने नगरपालिकाले जनाएको छ । वडामै पुगेर योजनाहरुको भुक्तानीका लागि शिविरको आयोजना गर्ने पुर्चौंडी नगरपालिका जिल्लाकै पहिलो नगरपालिका हो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update