बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ६ का हरि ऐरीलाई उपचारमा आर्थिक अभाव भएको छ । २०३५ सालमा जन्मेका जन्मेका ऐरी ५ बर्ष हुँदा प्यारालाइसिसबाट अपांता भएका हुन् ।
पढाईमा सानैदेखि अब्बल रहेका ऐरीको पढाईमा समेत प्यारालाइसिस भएपछि ब्रेक लाग्यो । शारीरिक रुपमा पूर्ण अपांगता भएका उनलाई पछिल्लो समयमा पायल्सको समेत समस्या देखिएको छ ।
एकातिर शारीरिक अपांगता र अर्कोतिर पायल्सको समेत समस्या बल्झेपछि उपचारमा आर्थिक समस्या भएको ऐरीले बताए । आफूसंग पायल्सको उपचारका लागि पैसा नभएकाले सहयोगका लागि अपिल गरेको उनले बताए ।
डाक्टरहरुले पायल्सको अप्रेशन गर्न सुझाव दिएपनि आर्थिक अभावमा उपचार गर्न नसकिएको ऐरीले बताए । आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले सहयोगी महानुभावहरुलाई उनले सहयोगका लागि अपिल समेत गरेका छन् ।
हरि ऐरीको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले तलको खातामा रकम जमा गर्न सक्नुहुनेछ ।
हरिसिंह ऐरी
खाता नम्बर १४५०७०१०००१७३३
ग्लोबल आइएमइ बैंक लिमिटेड
मोबाइल नम्बर ९८४१६११७२०, ९८६८४९५०४३





