Sagun Khabar
बैतडीमा मिटर ब्याज पीडितले जेठ ७ गते सम्म निवेदन दिन पाउने 

बैतडी –बैतडीमा मिटर ब्याज पीडितहरुले जेठ ७ गते सम्म निवेदन दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै पीडितहरुले जेठ ७ गते सम्म निवेदन सक्ने जनाएको छ । 

यही वैशाख १७ गतेदेखि प्रशासन कार्यालयभित्रै सहायता कक्ष स्थापना गरी मिटर ब्याज पीडितहरुको उजुरी लिने काम भइरहेको बताइएको छ । यद्यपि अहिले सम्म प्रशासन कार्यालयमै उपस्थित भएर कसैले उजुरी नदिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 

अनलाइनबाट उजुरी दिन सकिने भएकाले अनलाइनबाट दिएका उजुरीहरुको बारेमा अहिले थाहा नहुने उनले बताए । 
वैशाख १७ गतेदेखि जेठ १ गते सम्म उजुरी दिने म्याद रहेकोमा म्याद थपेर अब जेठ ७ गते सम्म उजुरी दिन सकिने सूचना अधिकारी बोहराले बताए । 

आफूसंग भएका सबै सबुद प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर वा अनलाइनबाटै पनि उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update