Sagun Khabar
बैतडीमा वासुदेव हत्या प्रकरण : अभियुक्त बिष्ट पुर्पक्षका लागि कारागार चलान 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ८ सैनीका ३८ बर्षीय वासुदेव जोशीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ दोगडाकेदार ८ का मानबहादुर बिष्टलाई कारागार चलान गरिएको छ । 

प्रहरीले आफ्नो अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलमार्फत अदालतमा पेश गरिएका बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला अदालतका न्यायधिश जयानन्द पनेरुको एकल इजलासले बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

यस्तै सोही घटना पक्राउ परेकी धनमती भण्डारीलाई भने साधारण तारेख छोडेको छ । अदालतको आदेश अनुसार भण्डारीलाई साधारण तारेखमा छोडिएको प्रहरी निरीक्षक जोशीले बताए । 

वैशाख २ गते साँझ घाँटी रेटेर हत्या गरेको अवस्थामा जोशीको शव फेला परेको थियो । त्यसको भोलिपल्ट प्रहरीले हत्या अभियोगमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । अभियुक्तहरुमाथि जिल्ला अदालतबाट तीन पटक म्याद थपेर प्रहरीले सो घटनाको अनुसन्धान गरेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update