Sagun Khabar
बैतडीमा महिला कर्मचारीमाथि कुटपिट गर्ने युवक प्रहरी खोरमा 

बैतडी- बैतडीमा  महिला कर्मचारी माथि कुटपिट गर्ने एक जना युवक  प्रकाउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका २ मा  रहेको कृषि विकास बैंकमा कार्यरत महिला कर्मचारी  सुसिला धामीलाई कुटपिट गर्ने सिगास वडा नं १ का २८ वर्षीय केशव धामीलाई प्रहरीले  पक्राउ गरेको हो ।

 पक्राउ परेका धामीलाई इलाका प्रहरी कार्यालय   पाटनमा राखिएको  जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले  जानकारी दिए । प्रहरीका अनुसार  शनिवार धामीले  सुसिलालाई घर जानेबेला  मदिरा सेवन गरी कुटपिट गरेको थियो ।

 महिलाको अनुहारलगायत शरीरमा चोट लागेको बताइएको   छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update