Sagun Khabar
आर्थिक अभावले बैतडीका दमाईको उपचारमा समस्या !

बैतडी- बैतडीका दमाईको उपचारमा समस्या भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ४ शाहीलेकका ४४ वर्षिय  केशब दमाईको आर्थिक अभावले  उपचारमा समस्या भएको  हो ।

मुटुमा समस्या आएपछि  दुई वर्ष पहिले उपचारका लागि काठमाण्डौ गएका  दमाइको लामोसमय देखि उपचार भैरहेको  छ । मुटुको  भल्वमा समस्या आएपछि दुई वर्ष पहिले काडमाण्डौ लगेर उपचार गराइरहेपनि अहिले श्रीमानको  स्वास्थ्यमा जटिल समस्या आएपछि  अप्ठारो भएको श्रीमती लक्ष्मी दमाईले बताइन् ।

मुटुमा समस्या पछि औषधीको बलमा श्रीमान बाँचिरहेपनि अहिले दुवै  भल्वहरुले  काम गर्न  छोडेर  अन्य स्वास्थ्य समस्या समेत देखा पर्दा  उपचारका लागि आर्थिक अभाव भएको उनले  बताइन्  । अहिले गंगालाल मुटु रोग अस्पताल बासबारी काठमाडौंमा दमाइको उपचार भइरहेको  छ ।

डाक्टरले  मुटुको भल्व चेन्ज गर्न र  अन्य स्वास्थ्य समस्याको  उपचारका लागि  करिब ८ लाख लाग्ने  भनेपछि आफु  समस्यामा परेकी श्रीमती  लक्ष्मीले दुखेसो  पोखेकी छन् ।  आर्थिक अवस्था नाजुक भएकाले श्रीमानको  उपचारमा समस्या भएको  उनले  बताइन् । काठमाडौ बसेर बिहान बेलुकाको  छाक टार्न  मुस्किल भैरहेको  दमाई परिवार अहिले डाक्टरले  उपचारमा ठुलो रकम लाग्ने भनेपछि  बिचल्लीमा परेको  छ ।

श्रीमानको  उपचारमा समस्या भएको भन्दै लक्ष्मीले  सहयोग  गर्न बसैलाई आग्रह गरेकी छिन् । दमाईलाई  सहयोग गर्नका लागि ९८४२२३९०७५ सम्पर्क गरेर गर्न  सकिने छ ।  

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update