Sagun Khabar
बैतडीको डिलाशैनीमा महिलाहरुलाई सिलाई कटाई  तालिम 

बैतडी- बैतडीको डिलाशैनीमा महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिन थालिएको  छ । महिलाहरुलाई सिप सिकाएर आत्म निर्भर बनाउने उदेश्यले तालिम दिन थालिएको हो ।

उद्योग वणिज्य तथा आपुर्ति मान्त्रालयको शर्सत अनुदानबाट पालिकाको सहजिकरणमा महिलाहरुलाई विभिन्न किसिमका सिपमुलक तालिम दिइन लागिएको  डिलाशैनी गाउँपालिकाका उद्यम विकास सहज कर्ता नरेश सिंह भण्डारीले जानकारी दिए ।  

सात दिने धुप निर्माण सम्बन्धित तालिम दिएको  पालिकाले  अहिले तीन महिने सिलाई कटाइ र  हातेहोजियारी तालिम जारी राखेको छ । वडा नं  ५ मा अहिले  तीन महिने  सिलाई कटाइ  र  ४५ दिने  हातेहोजियारी तालि सुरु भएको  हो । सिलाई कटाइमा २५ जना   र  हातेहोजियारी तालिममा १९  जना महिला सहभागि रहेका उद्यम विकास सहजकर्ता भण्डारीले बताए ।

सिलाई कटाइमा २५   मेसिन खरिद गरिएका र सो मेसिन पछि सहभागिहरुलाई नै प्रदान गरिने बताइएको  छ  । महिलाहरुले  सिप सिकेपछि आयआर्जनमा सहज हुने  अपेक्षा गरिएको  छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update