Sagun Khabar
गुरूखोलामा स्थानीयको लापरबाही,जहिल्लै रूख काटेर विद्युत अवरुद्ध, कारबाही हुँदैन ?

बैतडी- बैतडीको गुरुखोलामा स्थानीयले  रुखकाटेर पोल भाँचिदा बेला बेला नागरिकहरुले विद्युत सेवाबाट बञ्चीत हुनु पर्ने बाध्यता रहेको छ । जहिल्लै पनि यहाँका नागरिकरुले लापरबाही गरेर रुख काट्ने गरेकाले  जिल्ला बासीहरुले विद्युत सेवाबाट बञ्चीत हुनु पर्ने  बाध्यता रहेको हो ।

गत वर्ष पनि गुरुखोलामा स्थानीयले रुख काट्दा बिजुलीको  पोल भाँचिएपछि तीन दिन सम्म विद्युत सेवा अवरुद्ध भएको थियो । सोमबार पनि स्थानीयले  रुखकाट्दा बिजुलीको तार टुटेपछि ११ केभि प्रशारण लाइन भित्रका सेवा ग्राही मार्कामा परेका छन् ।  गुरुखोलामा तार टुटेकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडीका सुपरभाइजर माधव लेखकले जानकारी दिए ।  रुख काट्दा तार टुटेको र रुख कस्ले काटेको हो भन्ने नखुलेको लेखकले बताए  ।

अहिले गुरुखोला सम्म मात्रै विद्युत छ भने यो भन्दा अगाडी अवरुद्ध भएको छ ।  प्रत्येक वर्ष  गुरुखोलामा यस्ता घट्ना भैरहन्छन् । तर रुख काट्नेलाई कारबाही हुन सकेको छैन् । रुख काट्नेहरुमाथि कारबाही नठोकिदा स्थानीयको लापरबाही झन बढ्दै गएको छ । रुखकाट्दा  विद्युत सेवा अवरुद्ध भएपनि प्राधिकरणको टोलिले  बनाइहाल्छ  भन्ने  मानसिकता बोकेर यहाँका स्थानीयले लापरबाही गर्ने गरेका छन् ।

 यसले गर्दा  विद्युतीय दुर्घटनाको उच्च जोखिम छ भने  नागरिकहरुले सास्ती खेप्दै आएका छन् । रुख काटिएको  ठाउँमा अहिले प्राविधिको टोलि खटिएको छ । अहिले प्राविधिकको टोलि खटिएको र बेलुका सम्म विद्युत सेवा सुचारु हुने सुपरभाइजर लेखकले  बताए ।

यता नेपाल विद्युत प्राधिकरण बैतडीले भने अबउप्रान्त स्थानीयले रुख काट्दा विद्युत सेवा अवरुद्ध भए  कारबाही गरिने  बताएको  छ ।   ११ केभि प्रशारण  लाइनमा बेला बेला समस्या आइराख्ने  भएकाले नागरिकहरु  हैरान भएका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update