बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकामा मदिरा पसलमा औषधीको कारोबार हुने गरेको पाइएको छ । मंगलबार अनुगमनका क्रममा मदिरा पसलमा भेटेरेनरी सञ्चालन गरेर औषधी विक्रिवितरण हुने गरेको पाइएको हो ।
अर्केको नामको लाइसेन्समा मदिरा पसल सञ्चालन गरेर सोहि पसलमा भेटेरेनरि सेवा समेत प्रवाह गरेको पाइएपछि जरीवाना असुल गरिएको अनुगमन टोलिले जनाएको छ । लाइसेन्स अर्केको नामका त्यसमाथि मदिराको कारोबार संगै औषधी विक्रि वितरण गर्ने गरेका गाउँपालिकाको वडा नं ३ र ४ भित्रका अधिकाँश पसलमा अनुगमन गरेर जरिवान काटिएको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ ।
यस्तै अनुगमनका क्रममा मृतक व्यक्तिका साथै अर्कै व्यक्तिका नामका लाइसेन्स प्रयोग गरेर मदिराको कारोबार भैरहेको पाइएको हो । नियम विपरित बस्त्रालयमा खुद्रा सामान संगै मदिराको कारोवबार गरिरहेका व्यवसायीलाई कारबाही गरिएको छ । वडा नं ३ र ४ मा नियमविपरित सञ्चालनमा रहेका पसलहरुमा ८२ हजार जरीवाना असुल गरिएको पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहराले बताए ।
नियम विपरित सञ्चालनमा रहेका तीन ओटा पसल सिल गरिएका उनले बताए । सो पसलहरुलाई सिल गरिएको र ईजाजत पत्र बनाउन समेत आग्रह गरिएको उनले बताए । अन्य पसलहरुमा समेत अनुगन गरेर ५१ हजार मुल्यबराबरका म्याद नाघेका सामग्री बरामद गरि नष्ट गरिएको छ ।
बजारमा अनुशासन कायम गर्नका लागि पञ्चेश्वरमा बजार अनुगमन कार्य जारी रहेको छ । जिल्लाका विभिन्न ठाउँमा बेलाबेलामा अनुगमन गर्ने गरिएको भएपनि म्याद नाघेका सामग्री विक्रि गर्ने कार्य अझै बन्द हुन सकेको छैन् । नियम विपरित सञ्चालन गरेर मानव स्वास्थ्यमा हानी पुर्याउने म्याद नाघेका सामग्री विक्रि वितरण गर्नेलाई कारवाही गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
बजार अनुगमनमा प्रमुख जिल्ला अधिकका,री प्रहरीप्रमुख , जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।





