बैतडी- बैतडीमा पनि मदन–आश्रित स्मृति दिवस मनाइएको छ । जिल्लामा विभिन्न कार्याक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाइएको हो । नेकपा एकीकृत समाजबादी बैतडीले ३० औँ मदन–आश्रित स्मृति दिवस मनाएको नेकपा एकीकृत समाजवादी बैतडीका अध्यक्ष महादेव भट्टले बताए ।
जिल्ला कमिटिको आयोजनामा मदन–आश्रितको योगदानको स्मरण गर्दै तस्बिरमा माल्र्यापर्ण गरेर स्मृति दिवस मनाइएको उनले बताए । जननेता मदन भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न आजको अवश्यकता रहेको कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।
मदनको मार्गमा हिँडे मात्रै मुलुकको हित हुने उनिहरुको भनाइ थियो । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाकोसमेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।
कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।२००९ साल असार १४ गते ताप्लेजुङमा जन्मिएका भण्डारी जननेताका रुपमा चिनिनुहुन्छ । मदन–आश्रित स्मृति दिवस एमाले र एमालेका भातृ संगठनहरुले पनि विभिन्न कार्यक्रम गरि मनाएका छन् ।





