Sagun Khabar
बैतडीमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढ्दै

बैतडी- बैतडीमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका हुन्। बैतडीमा कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

एक हजार ९३४ ध्ये ३१२ जना कडा कुपोषणले ग्रसित छन्। उमेर र उचाइ अनुसार बालबालिकामा निकै कम तौल र ख्याउटे अनुहार भएको पाइएको छ।

कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र खोलेर पोषिलो खाना कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य प्रमुख  भट्टले  बताए।  गत वर्षको तुलनामा यस वर्ष कुपोषित बालबालिका बढी फेला परेका   बताइएको छ ।

स्वास्थ्य कार्यालय  बैतडीका अनुसार   गत वर्ष एक हजार २९९ कुपोषित बालबालिका रहेकोमा  यस वर्ष एक हजार ९३४ जना कुपोषित बालबालिका पाइए हुन् । पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update