Sagun Khabar
बैतडीको डिलाशैनी- १  पूर्ण खोपयुक्त वडा घोषणा

बैतडी-  बैतडीको डिलाशैनी गाउँपालिका  वडा नं -१ लाई  पूर्ण खोपयुक्त वडा घोषणा गरिएको  छ ।  बुधबार  एक कार्याक्रमका बिच  वडालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना  घोषणा गरिएको  हो ।

 ‘स्थानीय  स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने  नाराका साथ  वडालाई पूर्ण खोपयुक्त  वडा घोषण गरिएको छ । पूर्णखोपका लागि आवश्यक मापदण्ड पूरा भएकोले वडा नं १ लाई पूर्णखोपयुक्त वडा घोषणा गरिएको  गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश बहादुर  खातीले  जानकारी दिए ।

 वडाका सबै बालबालिकाले खोप पाएपछि  सुनिश्चितता गरिएको उनले बताए । अहिले वडा नं १ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना  घोषणा गरिएको र बाँकी वडाहरुलाई  पनि छिट्टै  गरिने उनको  भनाई  छ ।  पूर्णखोप सुनिश्चितता तथा दिगोपना  घोषणा कार्यक्रममा गाउँपालिकाका प्रवक्ता यज्ञ भट्ट (यदु), वडा अध्यक्ष, स्वास्थ्यकर्मी  तथा स्थानीयहरुको  सहभागिता रहेको थियो ।  

अहिले  वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना  घोषणा गरिन लागिएको र वडा पछि पालिकालाई नै घोषणा गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक खातीले  बताए । १५ महिनादेखि २३ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले एउटा पनि खोप नछुटाइ लगाएको अवस्थामा  पूर्ण खोपयुक्त घोषणा गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update