Sagun Khabar
बैतडीको पञ्चेश्वरमा स्वास्थ्य संयोजकले सञ्चालन गरेको मेडिकल सिल

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकामा एक मेडिकल सिल गरिएको छ । नियमविपरित गैरकानुनी तरिकाले  वडा नं  ४ आमचोरामा सञ्चालित स्यामा क्लिनिक सिल गरिएको हो ।

सो मेडिकल पालिकाका स्वास्थ्य संयोजक राम सागर शाहको  रहेको बताइएको  छ । बिहान बेलुका आफु बस्ने र दिउंसो  उनकी श्रीमतीले  सो मेडिलकल सञ्चालन गर्ने गरेकी  थिइन् । स्वास्थ्य शाखा प्रमुख शाहकै श्रीमती श्यामा शाहले औषधी बिक्री गर्नेदेखि बिरामीको चेकजाँच  गर्दथिन् ।

उनी मेडिकल सञ्चालन सम्बन्धी कुनै शिक्षा हासिल नगरेकी गैर चिकित्सा व्यक्ति हुन् ।  मेडिकल कोर्ष नगरेका मान्छेले मेडिकल सञ्चालन गर्ने गरेको व्यापक जनगुनासो आएपछि मेडिकल सिल गरिएको पालिका उपाध्यक्ष बिना भट्टले  बताइन् । मेडिकल कोर्ष गरेका व्यक्तिको व्यवस्थापन नहुँदा सम्मका लागि  सिल गरिएको  बताइएको छ ।

यसअघि पनि गाउँपालिकामा उक्त क्लिनिकबारेमा छानबिन गर्न माग गर्दै निवेदन समेत परेको थियो तर  कारबाही गरिएको  थिएन्। अहिले  प्रमुख जिल्ला अधिकारी  सुरेश पन्थी लगायतका सरोकारवाला निकायको  संयुक्त टोलिले  अनुगमन गरेर  कारबाहीको  दायरमा ल्याइएको  हो । मंगलबार  देखि पञ्चेश्वरमा  बजार  अनुगमन जारी रहेको  छ ।  

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update