Sagun Khabar
बैतडीमा रुखबाट लडेर  एक महिलाको मृत्यु 

बैतडी- बैतडीमा रुखबाट लडेर  एक महिलाको  मृत्यु भएको छ ।  जिल्लाको  मेलौली नगरपालिका  वडा नं  ३ कुजागाडकी  ३७ वर्षिया बिमला भाटको मृत्यु भएको  हो ।

पारिवारिक स्रोतका अनुसार  गत बैशाख २३ गते आफनै खरबारीमा स्याउला काट्न गएकी बिमला  रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

घाइते  बिमलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको  थियो । गम्भीर घाइते बिमलाको  उपचार सम्भव नभएको भन्दै डाक्टरहरुले अस्पतालबाट डिस्चार्ज गरेपछि घर ल्याउने क्रममा बिहिवार राती मृत्यु भएको बिमलाका  देवर जयसिंह भाटले जानकारी दिए । बिमलाका घरमा श्रीमान, दुई छोरा र दुई छोरी रहेका बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update