Sagun Khabar
सानातीना राजनीतिक मनमुटावलाई थाँति राखेर विकासमा जुटौँः सांसद पाल 

बैतडी- बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर  पाललले एक जुट भएर  विकासमा जुट्न आवश्य रहेको बताएका छन् ।  जिल्लाको  पाटन नगरपालिका वडा नं ३ स्थित गुजरमाविको  वार्षिकोत्सव कार्यक्रममा बोल्दै  सांसद पालले विकासका लागि राजनीतिक मनमुटाव नगरि अगाढी बढ्न आवश्यक रहेको बताए हुन् ।

 ‘यहाँ सडकका समस्या,विद्युतका समस्या,खोनेपानीका समस्या,सिंचाई लगायतका यावत समस्या छन्  यी समस्या हल गर्नका लागि सबैले हातेमालो गरेर अगाडी बढ्नु पर्छ ’,उनले  भने ।  यस्तै उनले  सानातीना   राजनीतिक मनमुटाव गरिराखे  विकास  गर्न  असम्भव हुने बताए । यसका लागि  एक जुट हुन आवश्यक रहेको  उनको  भनाई  थियो ।

‘स्थानीयतहले पनि  समस्या समाधानका लागि सक्रिय बन्नु पर्छ, जब सम्म सक्रियताा बढदैन, तब सम्म समस्या हल हुँदैनन,त्यसैले सानातीना  राजनीतिक मनमुटावलाई  थाँति राखेर यी सबै समस्या हल गर्न अगाडी बढ्नु  पर्छ,’ उनले भने । हिजोको  दिनमा  प्रदेश सरकारबाट जनतालाई आभास हुने किसिमको   विकास  नभएको  भन्दै उनले अब आभास गर्ने  गरि विकास  गरिने  बताए ।

आफनो निर्वाचन क्षेत्रका समस्या बारे  आफु  जानकार  रहेको बताउँदै सांसद पालले अब आवश्यकताको  आधारमा विकास गरिने कुरामा जोड दिए । उनले  शिक्षा क्षेत्रको  विकासका लागि पनि  आफु प्रतिवद्ध रहेको  बताए ।  विकासका लागि  तीन तहका सरकार विच समन्वय हुन पनि आवश्यक रहेको  उनको भनाई  थियो ।

हिजोको दिनमा प्रदेशमा पैँसातिरेर व्यक्ति विशेष योजना पोसिएका भन्दै उनले अब त्यसलाई निरुत्साहित गर्न रणनिती तय भएको बताए । अब आवश्यकताका आधारमा योजनालाई प्राथमिकिरण गरेर विकास हुने उनले दावी गरे । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update