Sagun Khabar
बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पसमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

बैतडी- बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पसमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।   स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा शुक्रबार हाजिरिजवाफ प्रतियोगिता सप्पन्न भएको  हो ।

रचनात्मक कार्यक्रम अन्तर्गत शुक्रबार  क्याप्समा हाजिरिजवाफ प्रतियोगिता गरिएको  सेटिगाउँ बहुमुखी क्याम्पस स्ववियु उप सभापति  बिरबहादुर  नाथ (दिब्यवीर योगि)ले  जानकारी  दिए  । यसअघि क्याम्पसको स्वतन्त्र विद्यार्थी  युनियनले  प्रत्येक  शुक्रबार  रचानात्मक प्रतियोगिता गर्ने निर्णय गरेकाले  सोहि निर्णय अनुसार  आज हाजिरिजवाफ प्रतियोगिता गरिएको  उनले  बताए ।

  सो प्रतियोगितामा प्रथम सेती समूह, द्धितिय महाकाली समूह र  तृतीय गौरीशंकर समूह भएको थियो । हाजिरिजवाफमा सहभागि समूहका सदस्यहरुलाई  पुरस्कार स्वरुप शैक्षिक सामग्री वितरण गरिएको छ । पुरस्कार सहितका यी यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरु पढाइमा मन लगाउने र यसबाट उनिहरुलाई  विभिन्न आयोगका परीक्षाहरुमा भिड्न सहज हुने अपेक्षा गरिएको   छ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update