Sagun Khabar
बैतडीको  शिवनाथले गर्याे १० शैय्या अस्पतालको शिलान्यास

बैतडी - बैतडी शिवनाथ गाउँपालिकामा १० शैय्या आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ सुल्लेखानमा अस्पतालको शिलान्यास गरिएको हो ।

शुक्रबार एक कार्यक्रमबीच शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले अस्पतालको शिलान्यास  गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानबाट १० शैय्या अस्पताल भवनको शिलान्यास गरिएको उनले  बताए ।  कूल ७ करोड ३ लाख ७४ हजार २ सय ४९ रुपैयाँको  लागतमा अस्पताल निर्माण भैरहेको छ ।

निर्माणको जिम्मा एस मित्र जेभी निर्माण कम्पनीले  पाएको र  १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको  छ ।  अस्पतालको शिलान्यास गर्दै अध्यक्ष सांउदले नागरिकको स्वास्थ्यप्रति पालिका गम्भीर रहेको बताए । अध्यक्ष सांउदले अस्पताल निर्माण पश्चात यसको पूर्वाधारका लागि पनि आफूहरूले पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update