बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र हाटमा चक्रपथ निर्माण गर्ने उद्देश्यसहित सडकको ट्रयाक खोलिएको छ । खडीखेत–दाडीमबाटा हुँदै वसन्तपुरदेखि डिलेश्वरी मावि सम्म सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बमले बताए ।
नगरपालिकाको केन्द्रलाई चक्रपथमा जोड्ने उद्देश्यसहित सडकको ट्रयाक खोलिएको पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए । खडीखेती,दाडीमबाटा हाट वसन्तपुर हुँदै डिलेश्वरी मावि सम्म सडकको ट्रयाक खोलिएको उनले बताए ।
नगरपालिकाले आफ्नै मेसिनको प्रयोग गरेर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको हो । नगरपालिकाको केन्द्रलाई सडक सञ्जालमा जोडेपछि स्थानीयबासी पनि खुसी भएका छन् । सो सडकलाई वडा नं ४ भटना जाने सडकसंग जोड्ने वडा अध्यक्ष गडालले बताए ।





