Sagun Khabar
पाटन–८ का वडा अध्यक्ष बिष्ट : जसले असहाय विद्यार्थीलाई पारिश्रमिकबाट सहयोग गरे 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले आफ्नो पारिश्रमिकबाट वडाभित्र रहेका असहाय विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेका छन् । वडाभित्र रहेका गरिब, असहाय,टुहुरा र अनाथ बालबालिकाहरुलाई आफ्नो पारिश्रमिकबाट आर्थिक सहयोग गरेको वडा अध्यक्ष बिष्टले बताए । 

वडाभित्र रहेका ७ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री खरीदमा सहयोग पुगोस भनेर प्रति विद्यार्थी २ हजार ५ सयका दरले आर्थिक सहयोग गरेको उनले बताए । 

जनता मावि आरुबाटाको बार्षिकोत्सव कार्यक्रममा उनले विद्यार्थीहरुलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । वडा अध्यक्षले उपलब्ध गराएको आर्थिक सहयोग रकम पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले हस्तान्तरण गरेका थिए । 

आफ्नो पूर्व घोषित कार्यक्रम अनुसार विद्यार्थीहरुलाई सहयोग गरेको वडा अध्यक्ष बिष्टले बताए । वडा अध्यक्षमा निर्वाचित भएपछि बिष्टले आफूले पाउने पारिश्रमिकबाट अनाथ, टुहुरा, असहाय र गरिब विद्यार्थीहरुलाई सहयोग गर्ने घोषणा गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update