Sagun Khabar
बैतडीमा बलात्कार आरोप लागेका चिफसर जेलबाट छुटे,  पीडितले ५० दिनपछि थाहा पाए

बैतडी - बैतडीमा बलात्कार आरोप लागेका चिफसर जेलबाट छुटेको जानकारी पीडित पक्षले ५० दिनपछि पाएका छन्।गत असार २० गते राति २ बजे बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रबहादुर नेगी परस्त्रीको कोठामा फेला परेका थिए। नेगीलाई श्रीमतीसँग बलात्कार गर्दैगर्दा कैलाली घर भएका डसराम चौधरीले देखेका थिए।

रक्सी सेवन गरेर नेगी आफू नभएको मौका छोपी रातिको समयमा जबजस्ती कोठामा पसेर श्रमतीलाई बलात्कार गरेको देखेपछि डसरामले प्रहरी कार्यालमा उजुरी दिएका थिए।

मजदुरी गर्न बैतडी पुगेका चौधरी दम्पति पुर्चौडी नगरपालिका वडा नम्बर १ कोपिखेत गाउँमा डेरा गरी बस्थे। डसराम कामको सिलिसिलामा डडेल्धुरा गएको मौका छोपी क्याम्पस प्रमुख आफ्नो कोठामा छिरेको दाबी चौधरीको दाबी छ।

चौधरीलाई मिलापत्र गर्न राजनीतिक दल र प्रहरी स्वयंले दबाब दिए पनि मुद्दा दायर गरेको बताउने चौधरी अहिले अचम्म परेका छन्। नेगी जिल्ला अदालतको फैसलाबाट चैत ५ गते नै कारागारमुक्त भएको कुरा ५० दिनपछि थाहा पाएको चौधरीले बताएका छन्। तर, बैतडीका सरकारी वकिल ईश्वरदत्त जोशीले भने मेलमार्फत चौधरीलाई जिल्ला अदालत बैतडीको फैसलाको पूर्ण पाठ पठाएको दाबी गरेका छन्।

जिल्ला अदालतबाट बलत्कारका आरोपी छुटेपछि डसरामले न्यायका लागि भौतारिए हिड्नु परेको बताएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय बैतडीले जिल्ला अदालत बैतडीको फैसला उपर चित्त नबुझेकाले उच्च अदालत कञ्चनपुरमा बैशाखमै पुनरावेदन गरेको जानकारीसमेत चौधरीले पाएका छन्।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update