Sagun Khabar
बैतडीमा मलामी गएका व्यक्ति घाइते अवस्थामा फेला

बैतडी- बैतडीमा मलामी गएका एक व्यक्ति घाइते अवस्थामा फेला परेका छन्। आइतवार बिहान पुर्चौडी नगरपालिका–८ डणपुर गाउँका ८२ वर्षीय जगी साउदको मलामी गएका स्थानीय धनसिंह साउद बेहोस भएको अवस्थामा भेटिएका हुन् ।

साउद गाउँका करिब ७० जना मलामीसँगै खोलाबगर चिहानघाट पुगेका थिए। बिहान करिब ७ बजे मलामी गएका धनसिंह साउद घाटबाट फर्किने बेला गाउँलेबाट अलग भएका थिए ।

घाइते साउदको हाट स्वास्थ्य चौकीमा उपचार भैरहेको बताइएको  छ ।  घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update