बैतडी- बैतडीबाट निर्वाचित नेकपा एमालेका सांसद् दामोदर भण्डारीले लम्पी स्किन नामक रोगको नियन्त्रणमा सरकार गम्भिर बन्नुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पूर्वउद्योग मन्त्रीसमेत रहेका भण्डारीले यस्तो बताएका हुन् ।
पछिल्लो समयमा देशैभरका गाईं भैंसीमा तिब्र रुपमा फैलिदै गएको लम्पी स्किन नामक रोगको नियन्त्रणमा सरकार गम्भिर बन्नुपर्ने बताएका छन् । भण्डारीले रोगबाट पीडित पशुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै तीनै तहका सरकारसँग समन्वय गरेर क्षतिको मुल्याङकन गरेर क्षतिपूर्तीको व्यवस्था गर्न माग समेत गरेका छन् ।
केहि महिना देखि सुदूरपश्चिमका नौ वटै जिल्लामा पशुचौपाया लम्पी स्किन रोगबाट मरिरहेका अवगत गराउँदै सरकारलाई नियन्त्रका लागि विज्ञ टोलि पठाउन उनले माग गरेका हुन् । यस्तै रोगबाट मार्कामा परेका पशुपालक किसानहरुलाई क्षतिपूर्ति दिन पानि सांसद भण्डारीले जोडदार माग गरेका छन् ।
यस रोगबाट पछिल्लो समय देशैभरी तिब्ररुपमा हजारौं पशुहरु बिरामी छन भने धेरै मरेका छन् । रोगबाट पुश मर्न थालेपछि किसान चिन्तित भएका छन् ।





