बैतडी- बैतडीको देहिमाण्डौमा पानी पुगेको छ । कुमालीगाड देहिमाण्डौ लिप्टिङ खानेपानी योजना अन्तर्गत देहिमाण्डौ बजारको सरकोट डाँडामा पानी पुगेको हो ।
चार वर्ष देखि निर्मार्णाधिन रहेको खानेपानी योजनाको पानी देहिमाण्डौमा पुगेको स्थानीय एवं एमालेका युवा नेता मनोज बोहराले जानकारी दिए । प्रदेश सरकारको बजेटबाट निर्माण भैरहेको कुमालीगाड देहिमाण्डौ लिप्टिङ योजना निर्माण प्रकृयामै रहेको र सफलतापूर्व देहिमाण्डौमा पानी पुर्याइएको उनले बताए ।
कुमालीगाड देखि ५ सय मिटरमाथि (भर्टिकल हाइट) लिफ्टिङ गरेर पानी पुर्याइएको छ । सपलतापूर्वक पानी पुगेको र अब ट्याङ्की निर्माण गरेर घरघरमा वितरण गरिने दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुर्य बहादुर बोहराले बताए ।
केही दिनमै सरकोट डाँडामा ८० हजार देखि १ लाख लिटर सम्म्मको ट्याङ्की निर्माण कार्य सुरु हुने बताइएको छ । पानी पुगेपछि नागरिकहरु पनि खुसि भएका कुमालीगाड देहिमाण्डौ लिप्टिङ खानेपानी योजनाका अध्यक्ष उद्धब बहादुर बोहराले बताए । यो खानेपानीबाट देहिमाण्डौ बजार लगायत आसपास बसोबास गर्ने बस्तिका नागरिकहरु लाभान्वित हुने उनले बताए ।
खानेपानीको चरम अभाव हुने देहिमाण्डौमा अब भने सहज हुने भएको छ । राजनीतिक किचलोका कारण दुई वर्ष देखि निर्माण कार्य रोकिएको योजनाको काम अब तिब्र गतिमा हुने सरोकारवालाहरुले जनाएका छन् ।





