Sagun Khabar
बैतडीबाट एक सुत्केरी महिलाको हवाई उद्धार 

बैतडी –बैतडीबाट एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीमकी २६ बर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताए । 

सोमबार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएका कारण मंगलबार हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको उनले बताए । 

दमयन्तीलाई बैतडीमै ६ युनिट रगत चढाएको र थप उपचारका लागि अन्यत्र रेफर गर्नुपरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी डोबालले बताए । 

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दमयन्तीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुविधा सम्पन्न अस्पातलमा लगिएको हो । समस्यामा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तगर्त हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update