बैतडी- बैतडीमा बुधवारबाट देखि विद्युत सेवा अवरुद्ध हुने भएको छ । बुधवारबाट जेठ २० गते सम्म विहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।
मंगलबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले एक सूचना जारी गरेर विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । ३३ र ११ केभी प्रशारण लाईनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिनन क्षेत्रमा जेठ १० गतेदेखि २० गतेसम्म बिहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत सेवा अबरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।
२० गते अगावै छेकान कार्य सम्पन्न भइहाले जुनसुकै समयमा पनि बत्ती आउने जनाइएको छ । सो समयमा बिजुलीका पोल, तार र स्टेमा नछोइदिन पनि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले सबैमा अनुरोध गरेको छ ।





