Sagun Khabar
बैतडीको सुर्नयामा योजना अनुगमन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले चालु आर्थिक बर्षमा पालिकाभरी सञ्चालनमा रहेका योजनाहरुको अनुगमनमा तीव्रता दिएको छ । उपाध्यक्ष मञ्जु बोहराको नेतृत्वमा रहेको अनुगमन समितिले योजनाहरुको अनुगमन गरिरहेको हो । 

पालिकामा सञ्चालनमा रहेका योजनाहरु स्टमेट अनुसार सम्पन्न भए÷नभएको जानकारी लिन र योजनाहरुलाई गुणस्तरीय रुपमा सम्पन्न गर्नका लागि अनुगमनका तीव्रता दिइएको उपाध्यक्ष बोहराले बताइन् । 

पालिकाका विभिन्न ठाउँमा सञ्चालनमा रहेका केही योजनाहरुमा कैफियत देखिएकाले स्टमेट अनुसार काम गर्न निर्देशन दिइएको उपाध्यक्ष बोहराले बताइन् । उनले भनिन् ‘हामीले अहिले पालिकामा सञ्चालनमा रहेका योजनाहरुको अनुगमन गरिरहेका छौं । स्टमेट अनुसार योजनाहरु भए÷नभएको बारेमा जानकारी लिइरहेका छौं । कैफियत देखिएका ठाउँहरुमा सुधार गर्न निर्देशन दिने गरेका छौं ।’

पालिकामा सञ्चालित योजनाहरुको अन्तिम भुक्तानी अनुगमन समितिले अनुगमन गरेपछि मात्रै दिने प्रावधान रही आएको छ । अनुगमन समितिको प्रतिवेदनपछि योजनाहरुको भुक्तानी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । उनले भने ‘हामीले पालिकाभित्र निर्माण भएका योजनाहरु गुणस्तरीय र दिगो हुनुपर्छ भनेका छौं । पालिकाका तर्फबाट अनुगमनमा तीव्रता दिएका छौं ।’

योजनाहरुको अनुगमनका लागि पालिकाका सबै वडामा पुगिरहेको उपाध्यक्ष बोहराले बताइन् । सबै वडामा सञ्चालित योजनाहरुको अनुगमन भइरहेको उनले बताइन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update