बैतडीमा चट्याङ लागेर बाख्रा मरे
बैतडी –बैतडीमा चट्याङ लागेर बाख्रा मरेका छन् । जिल्लाको मेलौली नगरपालिका ७ का शंकरदत्त भट्ट र जयदेव भट्टको घरमा हिजो राति परेको चट्याङबाट ३ बाख्रा मरेका इलाका प्रहरी कार्यालय तस्वदेहीले जनाएको छ ।
दुवै जनाको घरमा मंगलबार राति डेढ बजेको समयमा चट्याङ परेको र सो चट्याङ लागेर गोठमा बाँधेका बाख्रा मरेका बताइएको छ । यस्तै चट्याङले दुवै जनाको घरमा विभिन्न इलेक्ट्रोनिक सामान जलेर नष्ट भएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १०:३८
प्रतिक्रिया दिनुहोस्





