Sagun Khabar
बैतडीको  पाटन नगरपालिकामा ‘हाकिम’ हाजिर  

बैतडी- बैतडीको पाटन नगरपालिकामा हाकिम हाजिर भएका छन् । पाटन नगरपालिकाको  प्रमुख प्रशासकिय  अधिकृतमा  उपसचिव अर्जुन शर्मा हाजिर भएका हुन् । संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले उपसिचव शर्मालाई प्रमुख प्रशासकिय अधिकृतको  रुपमा  पाटन नगरपालिकामा खटाएको थियो ।

बुधबार मात्रै  उनि कार्यालयमा हाजिर  भएका हुन् । निर्वतमान हाकिम उपसचिव ओमप्रशाद पाण्डे सरुवा भएर गएपछि करिब डेढ महिना देखि पाटनमा   आर्थिक कारोबार ठप्प थियो ।

प्रमुख प्रशासकिय अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प रहेको पाटनमा अब कामकाज  सुचारु भएका छन्। सामाजिक   सुरक्षा भत्ता, योजनाको भुक्तानी लगायतका आर्थिक कारोबार  अब सुचारु हुने  नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए  ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update