Sagun Khabar
गैसस महासंघ बैतडीले सिडिओमार्फत अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझायो 

बैतडी –गैरसरकारी संस्था महासंघ बैतडीले प्रमुख जिल्ल अधिकारीमार्फत अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । देशव्यापी कार्यक्रम अनुसार बैतडीबाट पनि अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको गैसस महासंघ बैतडीका अध्यक्ष पदमराज अवस्थीले बताए । 

गैरसरकारी संस्थाहरुलाई भ्याटमा दर्ता गर्नुपर्ने लगायतका प्रावधानहरु खारेज गर्नुपर्ने माग राखिएको अवस्थीले बताए ।

गैरसरकारी संस्थाहरुले प्राप्त गर्ने अनुदानमा भ्याट लगाउन नहुने, संघसंस्थामैत्री संघीय कानुनको निर्माण गर्नुपर्ने, एकीकृत सामाजिक ऐन लागू गर्नुपर्ने लगायतका माग राखिएको गैसस महासंघ बैतडीका सदस्य अम्बादत्त अवस्थीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update